चाडबाड लक्षित गर्दै सरकारले सहुलियत दरमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने निर्णय गरेको हो । छुटको चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आयात गरिने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनाए ।