भन्सार छलेर ल्याएको एक करोडको चिनी र चामल बरामद

२३ भदौ, बुटवल । रुपन्देहीका दुई स्थानमा भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामल सहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा ट्रक बरामद गरेको सशस्त्र प्रहरी बल नं. २७ गण हेड क्वाटर रुपन्देहीले जनाएको छ । […]

सम्बन्धित सामग्री

अवैध तरिकाले कसरी आयो एक करोडको चिनी ?

रुपन्देही । भारतबाट अवैध तरिकाले ल्याउँदै गरेको एक करोड बराबरको चिनी र चामल बरामद भएपछि व्यवसायीहरु आश्चर्यमा परेका छन् । रुपन्देहीका दुई स्थानबाट भन्सार छलेर ल्याइएको ठूलो परिमाणको चिनी र चामलसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले बरामद गरेको छ । दुई वटा ट्रकमा ल्याइएको ६ सय ३८ बोरा चिनी र सय बोरा चामलसहित २ वटा […]

भन्सार छलेर ल्याइएको दुई ट्रक चिनी र चामल बरामद

शसस्त्र प्रहरी बल रुपन्देहीले बिहीबार दुईवटा ट्रकमा भन्सार छलेर ल्याइएको १ करोड रुपैयाँभन्दा बढी मूल्यको चिनी र चामल बरामद गरेको छ ।२७ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनास्थित हुलाकी सडक खण्डबाट भन्सार छलेर भित्र्याइएको ६ सय ३८ बोरा  चिनीसहित ढुवानी गरिएको ना ४ ख ४१२९ नम्बरको ट्रक बरामद गरेको हो ।