पृथ्वी जयन्तीको अवसरमा सेनाद्वारा सरसफाइ र खाद्यान्न वितरण

काठमाडौं : नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चन्द्रागिरि नगरपालिका, मातातीर्थस्थित वृद्धाश्रमको सरसफाइ गरेको छ। नेपाली सेनाको उपत्यका तालिम शिक्षालय–पानीघाट र चुनदेवी माध्यमिक विद्यालयको संयुक्त आयोजनमा कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लामाले जानकारी दिए।कार्यक्रममा उपत्यका शिक्षालयबाट प्रमुख सेनानी ज्योतिकुमार थापा, सहसेनानी शिव थापा, चुनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर लामासहित चुनदेवी माविको सि.सं. ४७

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंकको वार्षिकोत्सव

चितवन (अस)  । कामना सेवा विकास बैंकले १५ औं वार्षिकोत्सव सप्ताहव्यापी  कार्यक्रम गरी मनाएको छ । बैंकको नारायणगढ क्षेत्रीय कार्यालयअन्तर्गतका शाखाबाट विभिन्न स्थानमा सामाजिक कार्य गरिएको हो । बैंकका नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारीका अनुसार कात्तिक २२ गते हेटौंडा शाखाले वृद्धवृद्धालाई खाद्यान्न वितरण गरेको छ । हेटौंडा–२ मा रहेको ओम वृद्धाश्रममा ७ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो । कात्तिक २३ गते बैंकको शारदानगर शाखाले स्थानीय प्रहरी चौकीलाई एक थान टेबुल उपलब्ध गराएको छ । कात्तिक २४ गते कावासोती शाखामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा ५२ जनाले रक्तदान गरेको भण्डारीले जानकारी दिए । कात्तिक २६ गते खुरखुरे शाखले स्थानीय चोकमा डस्टबिन वितरण गरेको छ । बैंकका कर्मचारीले कात्तिक २७ गते वार्षिकोत्सवका दिन गैंडाकोटको धार्मिक पर्यटकीय स्थल मौलाकालिका मन्दिर परिसर र मन्दिर जाने बाटोको सरसफाइ गरेका छन् । बैंकको नारायणगढ क्षेत्रअन्तर्गत १४ शाखा  छन् ।

कोभिड प्रभावित परिवारलाई खाद्यान्न वितरण

काठमाडौँ- वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसबाट प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरिएको छ । दलित महिला सङ्घ जिल्ला शाखा सुर्खेतको सहयोगमा आज कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिक, लक्षित दलित महिला समूहलाई ती सामग्री वितरण गरिएको हो । नगरका अतिप्रभावित १०० परिवारलाई चामल, दाल, नुन, तेल र मास्क वितरण गरिएको छ । […]

कोरोना संक्रमण फैलिएको उदयपुर भुल्केमा स्वास्थ्य र खाद्यसामग्री वितरण

उदयपुर : उदयपुरको कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपालिका ३ भुल्केमा सरसफाइ र खाद्यान्न वितरण गरिएको छ।   गैरसरकारी संस्था महासंघ केन्द्रीय कार्यालयको सहयोग र जिल्लाको समन्वयमा भुल्केका ५७ घरधुरीलाई सफाई सामाग्री वितरण गरेको महासंघकी केन्द्रीय सल्लाहकार सिर्जना दनुवारले जानकारी दिएकी छिन्‌।  &nb...