विद्यार्थीहरूलाई लक्षित गरेर ल्याइएको ‘पढ्दै कमाउँदै कार्यक्रम’बारे सरकारले छलफल शुरू गरेको छ ।
सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा यो कार्यक्रम राखेको थियो । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन छलफल शुरू गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
यो कार्यक्रमलाई कार्यान्वयन तहमा लैजान आइतवार अर्थ र कृषि मन्त्रालयका सचिवहरू र जनज्योति मावि सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देललगायत सरोकारवालासँग छलफल गरिएको अर्थ मन्त्रालय जनार्दन शर्माले जानकारी दिए ।