कञ्चनपुरको लालझाडी गाउँपालिकाका विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’ सञ्चालन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाइ सुदूरपश्चिम प्रदेश र लालझाडी गाउँपालिकाको साझेदारीमा पढ्दै कमाउँदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजना सञ्चालन गरिएको हो । परियोजना सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारको एक करोड ४० लाख र गाउँपालिकाको रु ६० लाखको साझेदारीमा परियोजना सञ्चालन गरिएको छ । विद्यार्थीको बीचमै विद्यालय छाड्ने दरमा कमी ल