शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताएका छन् ।
म्याग्दीको बेनीमा मंगलवार भएको कार्यक्रममा मन्त्री पौडेलले विपन्न समुदायका विद्यार्थीको उच्च शिक्षामा पहुँच बढाउन प्रतिस्थापन विधेयकमार्फत ल्याएको पढ्दै कमाउँदै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि अन्तिम चरणमा पुगेको बताए ।
‘पढ्दै कमाउँदै, राष्ट्रपति शैक्षिक सुधार र भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणमा मन्त्रालयले प्राथमिकता दिएको छ,’ उनले भने, ‘भूकम्प प्रभावित ३१ जिल्लामा चलिरहेक...