नेपाली काँग्रेसका नेता गगन थापाले नेकपा एमालेले पार्टी भित्रको लोकतन्त्र र जनवादलाई नारायणी नदी किनारमा तर्पण गरेर काठमाडौँ फर्किएको टिप्पणी गरेका छन् । उनले हेटौँडामा आयोजित काँग्रेसको प्रदेश अधिवेशनमा प्रदेश सभापतिका उम्मेदवार जगदीश्वर नरसिंह केसीको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले केही दिन अघि चितवनको नारायणी नदी किनारमा गरेको महाधिवेशनमा पार्टीको लोकतन्त्र जनवादलाई तर्पण दिएर काठमाडौँ फर्किएको र पञ्चायतको भूत जगाएर काठमाडौँ फर्किएको बताएका हुन् ।एमालेसँग निरन्तर सङ्गत र सहकार्य