चितवन – नारायणी नदी तटबन्धको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदी तटबन्धकाे काम सुरु भएको हो ।नारायणी नदी तटबन्धका लागि सङ्घीय सरकार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट झन्डै पाँच अर्ब रुपैयाँ बजेट विनियोजन भइ चार वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ । ठेक्का सम्झौता भएको चार वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो ।नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्...