दाङ - चन्द्रबहादुर गुरुङ झन्डै पाँच वर्ष दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ८ को कार्यालय सहयोगी पदमा कार्यरत हुनुभयो ।
२०७४ को पालिका चुनावमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि चन्द्रबहादुर गुरुङ कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थाल्नु भएको थियो । कार्यालय सहयोगीको पदबाट राजीनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिनु भएका चन्द्रबहादुर कार्यालय सहयोगी भएर काम गरेको कार्यालयको वडा अध्यक्ष बन्नु भएको छ ।
नेकपा एमालेले उहाँलाई वडा अध्यक्षको उम्मेदवार बनाएको थियो । जुन कार्या...