प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहान पार्टी कार्यालयमा पुगेका छन् । पार्टी कार्यालयमा रहेका सहीदहरुको शालीकमा माल्यार्पणका लागि उनी पार्टी कार्यालयमा पुगेका हुन् ।आजै प्रचण्ड पार्टी पदाधिकारीको बैठकमा पनि सहभागी हुनेछन् । केहीबेरपछि पदाधिकारी बैठक बस्ने एक नेताले जानकारी दिए । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको आज अपराह्न शपथ रहेको छ ।