एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा भर्खरै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ हार व्यहोरेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । सल्यानबाट एमाले उम्मेदवारलाई हराउँदै प्रतिनिधिसभामा एकीकृत समाजवादीका प्रकाश ज्वाला, प्रदेशसभा १ (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र १ (२) मा कांग्रेसका सुरेश अधिकारी विजयी भए ।