कर्णालीमा प्रत्यक्षतर्फ हार बेहोरेको एमाले समानुपातिकमा पहिलो

सुर्खेत : कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ। मंगलबार बिहानसम्मको परिणामअनुसार कर्णालीमा नेकपा एमाले समानुपातिकतर्फ पहिलो दल बनेको छ।पाँच लाख ७७ हजार ८२९ मत खसेकोमा एक लाख ८३ हजार ९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो। त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएको छ। त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा माओवादी केन्द्र समानुपातिकमा तेस्रो दलको हैसियतमा छ। माओवादीले एक लाख ३७

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ९ जना मात्र महिला निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ठूला दलको तर्फबाट उम्मेदवारी दिएका अधिकांश महिलाले हार बेहोर्नु परेको छ । यसअघि २०७४ को निर्वाचनमा प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट सासंद बनेकाहरु समेत यसपटक पराजित भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटमा हालसम्म ९ जना मात्र महिला निर्वाचित भएका छन् । मत गणना भईरहेको सुनसरी ३ मा […]

प्रत्यक्षमा एमाले शून्य, समानुपातिकमा पहिलो

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सल्यानमा भर्खरै सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ हार व्यहोरेको एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । सल्यानबाट एमाले उम्मेदवारलाई हराउँदै प्रतिनिधिसभामा एकीकृत समाजवादीका प्रकाश ज्वाला, प्रदेशसभा १ (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र १ (२) मा कांग्रेसका सुरेश अधिकारी विजयी भए ।

गठबन्धन हुँदा पनि सुदूरपश्चिममा बढारियो माओवादीः प्रदेशमा के छ स्थिति?

कैलालीः प्रतिनिधि सभामा ३२ सिट रहेको सुदूरपश्चिममा बाजुरा बाहेकका जिल्लामा प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचनमा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ नेकपा (माओवादी केन्द्र) ले नमिठो हार बेहोरेको छ। गठबन्धनको आडमा प्रदेशका ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा पूर्व सांसदलाई उम्मेदवार बनाएको माओवादीले कुनै पनि क्षेत्रमा जित निकाल्न नसकेको हो। बैतडी,…

कम्तीमा २९ निवर्तमान सांसदको हार निश्चित

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका संघ र प्रदेशका कम्तीमा २९ निवर्तमान सांसदको हार निश्चित बनेको छ । किनभने २८ निर्वाचन क्षेत्रमा ५७ निवर्तमान सांसद प्रतिस्पर्धा गर्दै छन् । यी क्षेत्रमा उनीहरूबाहेकका उम्मेदवारले ‘बाजी’...

१२५ निवर्तमान सांसद प्रत्यक्षतर्फ चुनावी मैदानमा, १३ जनाको हार अहिले नै निश्चित

२०७४ को निर्वाचनबाट प्रत्यक्ष जितेका र समानुपातिक प्रणालीमार्फत सांसद भएका २७५ मध्ये १२५ जना निवर्तमान सांसद प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।

चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि सरकारको नेतृत्वकर्ता दल कांग्रेसले प्रतिपक्षमा बसेर संगठन सुदृढ गर्ने तयारी गरेको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा आफूनिकटस्थ नेताहरूसँगको छलफलपछि पार्टी हारेकाले सरकार निर्माणको खेलोफड्कोमा नलागेर प्रतिपक्षमा बस्दै संगठन सशक्त बनाउने निष्कर्षमा पुगेका हुन्। कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २३ र प्रदेश सभामा ४१ सिट जित्दै तेस्रो पार्टी…

समानुपातिकमा काँग्रेस पहिलो

बागलुङ । प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली काँग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ ।प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ काँगेसले...