विराटनगरस्थित फुजिमा आयल लिमिटेडले उत्पादनपछिको ग्यारेन्टी बिमा गरेको छ ।फुजिमा आयलका उत्पादनका कारण कुनै नोक्सानी भए त्यसको क्षतिपूर्तिको व्यवस्था गर्न उत्पादनपछिको ग्यारेन्टी बिमा गरिएको फुजिमा आयल विराटनगरले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक सुबोध कोइरालाले आफ्नो उत्पादन गुणस्तरीय भएकाले उपभोक्तालाई ढुक्कसँग प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले उत्पादनपछिको ग्यारेन्टी बिमा गरिएको बताए […]