मृत्यु भएका व्यक्तिको नामलाई आमा जनाएर वडाध्यक्षले भत्ता खाए

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेको व्यक्तिको नाममा वृद्धभत्ता वितरण गरेको आरोपमा सल्ल्यानस्थित शारदा नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ। मृत्यु भैसकेको मानिसको नाममा वृद्धभत्ता वितरण गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन वडा अध्यक्ष थापाले अस्तित्वमा नभएको व्यक्तिको नामको आर्थिक वर्ष २०७४/७५, आर्थिक वर्ष २०७५/७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६/७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको

सम्बन्धित सामग्री

बस दुर्घटनामा आमा–छोरासहित १५ को मृत्यु

संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा आमा–छोरासहित १५ जनाको मृत्यु भएको छ। उक्त बस मादीबाट झापाको दमकका लागि यात्रु लिएर हिँडेको थियो।...

दैलेखमा निसासिएर आमा छोराको मृत्यु

दैलेख । दैलेखमा निसासिएर आमा छोराको मृत्यु भएको छ । घरभित्र निसासिएर ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश बादीको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार बिहान ११ बजे मृत अवस्थामा फेला परेका हुन् । भान्छा कोठामा चुल्होको करिब डेढ फिट नजिक सुतेका उनीहरू ओछ्याएको […]

आमा र नवजात शिशुको मृत्यु

हुम्ला, माघ ९ । जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ। सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो। अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो। टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा […]

शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु

सिमकोट– जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका- ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो । मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि […]

शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु

जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो । अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका( ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो ।मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रेशन गरेर शिशुलाई जन्म दिइएको थियो । तर अप्रेशनकै कारण आमा र बच्चा दुबैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए ।बेला बेला बुहारीले अस्पतालमा च

दुर्घटनामा आमा–छोराको मृत्यु

रुपन्देही, १२ असोज । रुपन्देहीको सैनामैना नगरपालिका–५ स्थित पूर्व–पश्चिम लोकमार्ग खण्डमा आज बिहान भएको दुर्घटनामा आमा र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया राधा भट्टराई र उनका छोरा अन्दाजी १९ वर्षीय महेश भट्टराई रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

भीरबाट लडेर आमा छोरीको मृत्यु

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ मा भीरबाट लडेर आमा-छोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा सपना तामाङ र उनकी डेढ वर्षीया छोरी डोल्मा तामाङ रहेको प्रहरीले जनाएको छ। दुवैजनाको बुधबार बिहान मृत्यु भएको हो।

विराटनगरमा कोरोना संक्रमणबाट आमा-छोराको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा एक आमा–छोराको मृत्यु भएको छ ।  उनीहरुको एकदिन अघिपछि संक्रमणका कारण मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ की ६० वर्षीया आमा र ४२ वर्षीय छोराको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार आमाको मृत्यु भएको थियो भने बिहीबार अपरान्ह छोराको पनि मृत्यु भएको वडाध्यक्ष विनोदकुमार बस्नेतले बताए ।बस्नेतका अनुसार बैशाख १६ गते कोरोना सङ्क्रमण पुष्टि भएकी आमाको उपचारका क्रममा विराटनगर अस्पतालमा बुधबार साँझ ७ः३० बजे मृत्यु भएको थियो । छोराको बिहीबार

सुनसरीमा कोरोनाबाट दुई दिनको अन्तरमा आमा छोराको मृत्यु

१८ वैशाख, विराटनगर । कोरोना संक्रमणका कारण सुनसरीमा दुई दिनको अन्तरमा आमा छोराको मृत्यु भएको छ । सुनसरी सदरमुकाम इनरुवामा आमाको मृत्यु भएको दुई दिनपछि छोराको मृत्यु भएको हो । बुधबार होम आइसोलेसनमा आमाको मृत्यु भएको थियो । छोराको शनिबार दिउँसो कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । ८४ वर्षीय आमाको मृत्यु भएकै […]

तीन दिनको बीचमा कोरोनाबाट आमा छोराको मृत्यु

सुनसरीको इनरुवाका तीन दिनको बीचमा कोरोनाका कारण आमा छोराको मृत्यु भएको छ । इनरुवा नगरपालिका–३ का एक परिवारका ८४ वर्षीय वृद्धा आमाको कोरानाको कारण मृत्यु भएको तीन दिनपछि आज छोराको पनि उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । ६२ वर्षीय छोराको आज विहान नोबेल मेडिकल कलेजको कोभिड युनिटमा उपचारका क्रममा मृत्यु भएको वडा अध्यक्ष कालु राम गुरुङले जानकारी दिए।यसअघि  होम आइसोलेसनमा बसेकी आमाको गएको बुधवार  मृत्यु, भएको थियो । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेका छोरालाई स्वास