कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित बसन्त सामुदायिक वन क्षेत्रमा २ महिनादेखि २८ वर्षीय उमा चौधरी झोपडी बनाएर बस्दै आएकी छन्।सालको पातको झोपडी बनाई चौधरी वन क्षेत्रमा एक्लै बस्दै आएकी हुन्। बेलौरी नगरपालिकाको कुण्डाकी चौधरीलाई उनका पति रामबहादुर चौधरीले कुटपिट गरी बालबालिका लगेर अलपत्र पारेपछि उनी २ महिनादेखि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएको बताउँछिन्।‘श्रीमानले सधैं कुटपिट गर्थे,’ चौधरीले भनिन्, ‘माइतीमा गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी ल