काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालको सीमा मिचेको विषयमा सरकार जानकार रहेको बताएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सरकारलाई भारतले सीमा मिचेर बाटो बनाएको विषय जानकारी भएको स्पष्ट पारे। सांसदहरुले सरकारलाई थाहा नभएको भनी प्रश्न उठाएपछि मन्त्री ज्ञवालीले यसबारे जानकार भएको