काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली चौतर्फी घेरामा परेको बताएका छन्।
पाँच दलीय विपक्षी गठबन्धनका विद्यार्थी संगठनका अध्यक्षहरूसँगको भेटमा उनले जनताको सार्वभौम अधिकार प्रयोग गर्न नदिने डिजाइनको खल पात्र ओली बन्दै गएको बताए।
उनले आफूहरु र केपी ओली उस्तै नरहेको पनि जिकिर गरे। 'सम्पूर्ण रुपमा आत्मसमर्पण गर्ने केपी ओली र हामी त्यसका विरुद्ध विद्रोह गर्ने उस्तै हुनै सक्दैन। २०१७ सालतिर केशरजंग रायमाझी सामन्तका पक्षमा लागे भने पुष्पलाल जनताको अधिकारका ला...