धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बलियो भए मात्र देश बलियो हुने बताएका छन्। उनले राप्रपा मात्रै देश बचाउने पार्टी भएकाले राप्रपाप्रति सबैको आकर्षण बढ्दै गएको दाबी गरे। धनगढीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेनले भने, ‘अब राप्रपा देशको वैकल्पिक राजनितिक शक्तिका रुपमा अघि बढीसकेको छ, कसैले चाहेर पनि रोक्न सक्दैन।’ […]