कसरी हुँदैछ यो वर्ष शालीनदीमा श्री स्वस्थानी माधवनारायण ब्रत र मेलाको तयारी ?

काठमाडौंको उत्तरपूर्वी साँखुमा एक महिनासम्म चल्ने माधव नारायण श्री स्वास्थानी शालीनदी मेला सोमबारदेखि सुरु हुँदैछ । सामान्य अवस्थामा एक महिनाको अवधीमा लाखौं दर्शनार्थी मेला भर्न पुग्ने गरेपनि यो बर्ष कोरोना संक्रमण बढ्दै गएकाले मेला व्यवस्थापन समितिले कोभिड विरुद्धको पूर्णमात्राको खोप लगाएकाहरुलाई मात्र ब्रतमा सहभागी गराउँदैछ । साथै न्यून संख्यामा मात्र व्रतालु राख्ने, माधननारायणको मन्दिरमा पूजा गर्नका लागि पनि पूर्ण मात्राको कोभिड विरुद्धको खोप लगाएको हुनुपर्ने व्यवस्था गरेका श्री माधवनारायण स्

सम्बन्धित सामग्री

भक्तपुरमा पनि एकमहिने श्री स्वस्थानी ब्रतकथा सुरु

काठमाडौंको साँंखुमा जस्तै भक्तपुर नगरपालिका वडा नं ७ हनुमानघाट पनि एक महिने श्री स्वस्थानी ब्रतकथा प्रारम्भ हुन्छ। यो एकमहिनासम्म यहाँं पनि साँंखुमा जस्तै ब्रत वस्ने महिलापुरुषहरु भेला भई नित्य कर्म हुने गर्दछ।...

साँंखुको माधवनारायणको ब्रत : यो वर्ष ३५ लाखले हेर्ने अपेक्षा

काठमाडौँको साँखुस्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।...

आजदेखि घर घरमा स्वस्थानी व्रत, कथाका केही भागमा कतिपयको विमती

धार्मिक तपोभूमि नेपालमा  एक महिने श्री स्वस्थानी ब्रत आज प्रारम्भ भएको छ ।आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ । यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा […]

आजदेखि स्वस्थानी ब्रत सुरू

काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी ब्रत र माघ स्नानको सुरु हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स

स्वस्थानी ब्रतकथाको तयारी पूरा

स्वस्थानी कथाबारे गरिएका अनुसन्धानहरूले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ माहात्म्यबाट उद्धृत गरिएका हुन भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउँं भनी ब्रत बसेको भन्ने आधार पनि चर्चित छ।...

सकियो एक महिने स्वस्थानी ब्रत (फोटोफिचर)

हिन्दू धर्मावलम्बीको एक महिने स्वस्थानी ब्रत शनिबारदेखि सम्पन्न हुँदैछ । ब्रत समापनको अवसरमा एकाबिहानै शालीनदीसहित, भक्तपुरको हनुमानघाटलगायत विभिन्न स्थानमा माधवनारायणका ब्रतालुहरु स्नानका लागि पुगेका थिए । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु भएको थियो । त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत ...