साँंखुको माधवनारायणको ब्रत : यो वर्ष ३५ लाखले हेर्ने अपेक्षा

काठमाडौँको साँखुस्थित शालिनदी क्षेत्रमा लाग्ने माधवनारायण तथा स्वस्थानी व्रत मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।...

सम्बन्धित सामग्री

सदर चिडियाखानाका बाघ शनिबार ब्रत बस्नुपर्छ

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ । बाघ बढी भएपछि खर्चको अभावमा शनिबार उनीहरुलाई ब्रत (खाना बन्द) गर्ने गरिएको छ । एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खुवाउनुपर्दा प्रतिवर्ष करिब ५६ लाख १६ हजार खर्च आउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी …

सागर ढकालले सुरु गरे तीनदिने निराहार ब्रत

काठमाडौं, २ मंसिर । डडेलधुराबाट मंसिर ४ गते हुने आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले निराहार व्रत बसेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिस्पर्धी समेत रहेका ढकालले एक भिडियो सन्देश जारी गर्दैै त्यहाँका जनताको नाममा तीनदिन सम्म निराहार ब्रत बसेको जानकारी दिएका हुन् । उनले केही लक्ष्य प्राप्तिका लागि भोकै ब्रत बसेका बताएका छन् […]

देउवाका प्रतिष्पर्धी सागर ढकाल तीन दिन ‘निराहार’ ब्रत बस्ने

काठमाडाैँ – यही मंसिर ४ गतेका लागि तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि गएकाे मध्यरातिदेखि माैन अवधि सुरु भएकाे छ । प्रचार-प्रसार लगायतका गतिबिधी बन्द गरिएकाे यस समयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिनसम्म निराहार ब्रत बस्ने घोषणा गरेका छन् । देउवालाई हराएर प्रधानमन्त्री बन्ने अठाेटका साथ […]

छठको मुख्य दिन आजः जलाशय किनारमा ब्रत, पूजा र कीर्तन गरी मनाइँदै

काठमाडौं, कात्तिक १३। सूर्योपासनाको महापर्व छठको मुख्य दिन आज जलाशय किनारमा ब्रत, पूजा र कीर्तन गरी मनाइँदैछ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी भोलि बिहानको उदाउँदो सूर्यको उपासना गरी अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुनेछ। अस्ताचलगामी सूर्यको उपसाना गरिने पर्व यो मात्रै हो। छठमा ब्रत बसी ऊर्जाको अक्षय स्रोत सूर्यको उपासना गर्दा सुख–समृद्धि […]

आज हरितालिका तीज, हिन्दु नारीहरु निराहार ब्रत बस्दै

काठमाडौं । आज मंगलबार नेपाली महिलाहरुको महान पर्व तीज । सोमबार दर खाएर बसेका महिलाहरु मंगलबार दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गर्ने महिलाहरुको बिहानैदेखि भीड लागेको छ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ । ब्रत बसेर शिव […]

आज साउन महिनाको अन्तिम सोमबार, ब्रत समापन गरिँदै

काठमाडौं, साउन ३० । आज साउन महिनाको अन्तिम सोमबार देशभर शिवको पूजा आराधना गरि मनाइँदै छ । हिन्दू नेपाली नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु ब्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । काठमाडौंको पशुपतिनाथमा खास गरि बोलबम तीर्थालुहरुले सुन्दरीजलबाट […]

आजदेखि स्वस्थानी ब्रत सुरू

काठमाडौं : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी ब्रत र माघ स्नानको सुरु हुन्छ। बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स

तीजको ब्रत अघि यी कुरा खानुहोस्, भोक – प्यास कम लाग्छ

हरितालिका तीज भाद्रपद महिनाको शुक्ल पक्ष तृतीयामा मनाइन्छ । हरितालिका तीजको ब्रत यसपाली भोलि (बिहिबार) परेको छ । धेरैजसो महिलाले यसदिन निर्जला ब्रत बीस्छन् र शिव–पार्वतीको पूजा गर्ने गर्छन् । यो ब्रत विशेषगरी श्रीमानको लामो आयुको कामनाका लागि बस्ने गरिन्छ । दिनभरी पानी नपिउने भएकोले केही महिलालाई कमजोर महसुस हुन्छ । हरितालिका तीज ब्रतको सुरुवात सूर्योदय अघि नै गरिन्छ । आज हामी तपाईंलाई दिनभरी खासै भोक प्यास नलाग्नका लागि के खाने भन्नेबारे जानकारी दिँदै छौं ।यस्ता खानेकुरा नखानुःब्रत बस्नु

हजुरआमा, गर्दै नगरेको पाप पखाल्न किन ब्रत बस्ने?

'नानी यसपालि त अनिवार्य पन्चमी ब्रत गर्नुपर्छ है। महिनावारी भएको पाप पखाल्नु पर्छ नि!'