नेप्सेमा पक्राउ परेका ५ जना अझै हिरासत मै, माग पुरा नभएसम्म अनसन बसिरहने कोइरालाको तयारी

 पूँजी बजार विस्तार र सुधारका लागि गठित संघर्ष समितिका संयोजक सहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन्।   प्रहरीले मंगक्बर नेप्से परिसरबाट कोइराला सहित ५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबार लगेको थियो ।  कोइरालाले महानगरीय प्रहरी वृत्त सिंहदरबार मै हिजैबाट आमरण अनसन सुरु गरेका छन्।  पक्राउ परेका अन्य ५ जनाले पनि हिरासत मै रिले अनसन सुरु गरेका छन् । संघर्ष समितिका सदस्य रोहन कार्कीका अनुसार पानीसम्म नखाइ आमरण अनसन बस्दा संयोजक कोइरालाको स्वास्थ्य स्थिती कमजोर हुँदै गएको छ । तर तिलक कोइरालाले १९ वटा माग पुरा नभएसम्म अन्सम नतोड्ने, प्रहरी कार्यालयबाट बाहिर पनि नजाने बताएका छन्। उनले आम लगानीकर्तालाई एकतावद्ध भएर सरकारको दमन विरुद्द शशक्त प्रदर्शन गर्न र सरकारको तानाशाही प्रवित्तिको प्रतिवाद गर्न आग्रह गरेका छन् । उनले निराश नभईकन उच्च मनोबलका आन्दोलनका कार्यक्रममा सरिक हुन आम लगानीकर्तालाई आग्रह गरेका छन् ।हिजो नेप्सेमा कालोपट्टि सहित प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। प्रहरीले  संघर्ष समितिका संयोजक तिलक कोइराला, सदस्यहरु एस पी चौलागाई, नानीबाबु खरेल लगायतलाई पक्राउ गरेको हो । कालोपट्टी सहित प्रदर्शन गर्न पुगेका लगानीकर्तालाई प्रहरीले नेप्से कार्यालय रहेको क्षेत्र निषेधित क्षेत्र रहेको र निषेधित क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम गर्न नपाइने भन्दै विरोधका कार्यक्रम नगर्न पटक पटक आग्रह गरेको थियो । जबर्जस्ति कार्यक्रम जारी राखेको खण्डमा प्रहरीले बल प्रयोग गर्न बाध्य हुने चेतावनी दिएको थियो ।तर संघर्ष समितिका संयोजक तिलक कोइरालाले यस अघि २ पटक नेप्से कै प्राङ्गणमा अनसन बसेको  र अहिले पनि शान्तिपूर्ण विरोधको कार्यक्रम गर्न पाउनु भन्दै बताउदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो । आफ्ना मागमा रहेका विषय मध्ये नेप्सेले गर्नु पर्ने कामको बारेमा दबाब दिन प्रदर्शन गर्ने तयारी समितिको थियो । समितिले यस अघि सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई ज्ञापनपत्र बुझाएको थियो । समितिले विभिन्न १९ बुँदे माग राख्दै आन्दोलन थालेको हो ।  यस्ता छन् मागहरु : १. विगतको एमाले सरकारले साढे तीन बर्ष अघि नै  र वर्तमान अर्थमन्त्रीले  दुई महिना अघि नै गरिसक्छु भनेका ५८ बुँदेका बाँकी काम तत्काल पुरा हुनैपर्ने।२. बाणिज्य बैंकका सहायक कम्पनी  र अन्य संंस्थागत पब्लिक कम्पनीहरुलाई एक अर्ब चुक्ता पूँजी कायम गरी तत्काल बोकर लाईसेन्स वितरण गर्नुपर्ने।३. कमिशन ब्रोकर र फुल ब्रोकरहरुको बर्गीकरण गरी बर्तमान  ब्रोकरहरुको चुक्ता पूँजी बृद्धि गर्न लगाई दुई बर्षभित्र कमिशन ब्रोकरको ५० करोड र फूल ब्रोकरको एक अर्ब पुर्याउनुपर्ने ।४. ब्रोकरहरुको शाखा  बिस्तार र उनीहरुले निर्माण गरेको टीएमएस् संचालनका लागि तत्काल स्वीकृति दिनुुपर्ने ।५. गैर आवासीय नेपालीहरुलाई तत्काल पूँजी बजारमा लगानी गर्न स्वीकृति दिनुपर्ने । ६. सरकारका मन्त्री, राजनीतिक दलका नेता र सार्वजनिक ओहदामा रहेकाहरुले सेयर बजारबारे सकारात्मक वा नकारात्मक अभिब्यक्ति दिनमा बन्देज लगाउनुपर्ने । ७.. नेप्सेमा रहेको  सरकारी स्वामित्व तत्काल विनिबेश गरी रणनीतिक साझेदार ल्याउने र संस्थागत सुदृढीकरण गर्नुपर्ने । ८. सूचीकृत साना कम्पनीहरुका लागि एसएमई प्लेटफर्म तत्काल ब्यवस्था गरी साना र नयाँ कम्पनीहरुको हकमा सर्किट ब्रेकर प्रणालीमा परिवर्तन गर्नुपर्ने, निफ्रा, बाणिज्य बैंकहरुलाई खुला छाड्नुपर्ने । ९. ब्रोकर कमिशनको माथिल्लो विन्दु यथावत राखी तल्लोविन्दु खुला छाडेर प्रतिस्पर्धात्मक कमिशन दर तय गर्नुपर्ने र सेयर कारोबारमा लाग्दै आएका अन्य शुल्कहरु घटाउनुपर्ने । १०. दीर्घकालीन लगानीकर्ताका लागि ३ प्रतिशत मात्र पूँजीगत लाभकर लाग्ने गरी घटाउनुपर्ने । ११. बैंक खाता, हितग्राही खाता र कारोबार खाता पूर्ण रुपमा अन्तर आबद्ध गरी लगानीकर्ता स्वयंले पासवर्ड र युजरआईडी प्रयोग गरी बिक्री गरेको सेयरको स्वत: इडिआईएस हुनुपर्ने ब्यवस्था गर्नुपर्ने । सेयर खरिद गर्दा बैंक खाता र ब्रोकर मार्जिनको विकल्प खडा गरी बैंकको विकल्प प्रयोग गरी खरिद गरेको अबस्थामा स्वत: रकम रोक्का भई राफसाफको बेलामा स्वचालित रुपमा ब्रोकरको खातामा रकम तानिने हुनुपर्ने । १२. सीडीएससीमार्फत सेयर खरिद बिक्रीको राफसाफ भएकै दिन लगानीकर्ताको खातामा पैसा र सेयर जानुपर्ने र करकट्टीको हिसाब पनि  प्यान नम्बर लिएका लगानीकर्ताकै नामबाट कर कार्यालयको खातामा सिधै जम्मा हुनुपर्ने । १३. सेयर बजारमा डेरिभेटिभ्स, फ्युचर, अप्सन, इृन्ट्रा डे जस्ता अत्याधुनिक उपकरणहरु  प्रयोगमा ल्याउनुपर्ने । १४. बीमा कम्पनी, निफ्रा, बिकास बैंक र फाईनान्स, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष  लगायतलाई आफ्नो ७० प्रतिशत लगानीमा सहायक कम्पनीमार्फत म्युचुअल फण्ड संचालन गर्न बाध्यात्मक ब्यवस्था गर्नुपर्ने र गैरआवासीय नेपालीहरुले पहिलो बर्ष म्युचुअल फण्डमा मात्र लगानी गर्न पाउने ब्यवस्था गर्ने ।  १५. राष्ट्र बैंकले तत्काल १० अर्बको कोष खडा गरी ब्रोकरहरुमार्फत मार्जिन ट्रेडिड. ब्यवस्था प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्ने । १६. नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बिज्ञले मात्र सेयर बजारको अबस्था, कम्पनीको अबस्था, सेयर मूल्य र नेप्से सूचक जस्ता संबेदनशील बिषयमा बिश्लेषणहरु सार्वजनिक गर्न पाउने  ब्यवस्था कडाईका साथ लागु गर्ने । १७. मर्जरमा जाने कम्पनीहरुको मर्जर सम्झौता हुँदा नै स्वाप  रेसियो तय गरी बढीमा एक सातामा समायोजनसहित सेयर कारोबार खोल्नुपर्ने । १८. १२ करोड भन्दा बढी सेयर धितो कर्जा लिएर म्याद सकिन लागेका वा सकिएका ऋणीहरुको सवालमा असार  मसान्तसम्ममा कर्जाको साँवा ब्याज असुलीको समय दिनुपर्ने । १९. पूँजी बजार र सेयरको मूल्यलाई प्रभाव पार्ने सम्बन्धी नीति नियम लागु गर्दा लगानीकर्ताले पूर्व तयारी गर्न सक्ने गरी कम्तिमा ६ महिनाको अवधि दिने गरी मात्र ल्याउनुपर्ने ।यो पनि : सेयर मूल्य धेरै घट्यो भन्ने क्षणिक चिन्ता बोकेर बढाई दिने फिराद गर्न आएका हैनौं: तिलक कोइराला

सम्बन्धित सामग्री

हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

सिमकोट – हुम्लामा ट्र्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। नाम्खा गाउँपालिकाको हिल्साबाट सदरमुकाम सिमकोटतर्फ आउँदै गरेको लु ४ त ७३२६ नम्बरको ट्र्याक्टर मंगलबार अपराह्न पौने ४ बजे दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्। समान लोड रहेको ट्र्याक्टरमा बसेर आएका यात्रुहरु दुर्घटनामा घाइते भएका हुन्। दुर्घटनामा सिमकोट–७ का ३७ वर्षीय कालीबहादुर सुनार, २७ […]

तनहुँमा कार र बस ठोक्किँदा ५ जना घाइते

लमजुङको बेशिसहरबाट डुम्रेतर्फ आउँदै गरेको कार र विपरीत दिशाबाट आउँदै गरेको बस एक आपसमा ठोक्किँदा ५ जना घाइते भएका छन्।...

४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

देशभरका स्वास्थ्य सेवामा रहेका चार सय ५ जना नर्सिङ कर्मचारीको बढुवा गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी ४ सय ५ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जानकारी दिएको हो ।स्वास्थ्य सेवा विभागले सूचना जारी गरी  २०७९  साल असार महिनामा दर्ता भई कैफियत रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौँ तहमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।बढुवा भएका कर्मचारी सूची :

भैरहवाको बाल सुधार गृहबाट ५ जना फरार

बुटवल : रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन्। सोमबार बिहान सुधार गृहबाट ५ जना किशोर भागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। फौजदारी मुद्दामा दोषी प्रमाणित भएका १८ वर्ष उमेर नपुगेका किशोरहरु बाल सुधार गृहमा थिए। सुधार गृहबाट भागेका ५ जना मध्ये नवलपरासीका…

धनुषामा ५ जना हत्या आरोपी पक्राउ

धनुषा । धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न ५ जना आरोपीलाई पक्राउ गरेको छ । महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएका ५ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । वैदेशिक रोजगारमा रहेका धनुषाको शहिदनगर नगरपालिका-३ की अरुण कुमार दासकी श्रीमती बबितिया देवी दासको […]

पर्वतमा ब्राउन सुगरसहित ५ जना पक्राउ

पर्वत । पर्बतमा पहिलो पटक ब्राउन सुगर र ठूलो परिमाणमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन् । पर्वतमा पहिलो पटक औषधको रुपमा प्रयोग हुने ब्राउन सुगरसहित ठूलो मात्रामा लागू औषध बरामद भएको हाे । प्रहरीले सञ्चालन गरेको विशेष अप्रेसन अन्तर्गत लागूऔषधसहित ५ जना ब्यक्तिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी मधुसुदन न्यौपानेले जानकारी […]

विभिन्न स्थानमा ५ जना मृतावस्थामा भेटिए

शनिबार देशका विभिन्न जिल्लामा ५ जना मृतावस्थामा भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौं, सोलुखुम्बु, संखुवासभा, नुवाकोट, झापा लगायतका जिल्लामा ५ जना मृत फेला परेका हुन् ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्ने एक पुरुष मृत फेला परेको छन् । दोलखा गौरीशंकर गाउँपालिका ५ घर भएका ५५ वर्षीय ब्याजु शेर्पा मृत अवस्थामा फेला परेका हुन्  । त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविरमा एक युवक मृतावस्थामा भेटिएका छन् । संखुवासभा मक

माओवादी केन्द्रीय समितिमा धादिङबाट ५ जना निर्वाचित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा धादिङबाट ५ जना निर्वाचित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा धादिङबाट प्रतिनिधित्व गर्ने पुष्पविक्रम मल्लसहित ५ जना सो पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेहरुमा मल्लसहित शालिकराम जम्मकट्टेल, दीपा सिंखडा, ओमनाथ ढुंगाना र कल्पना धमलाको रहेका छन् । जिल्लाका पुराना र जिउँदा शहीद भनेर चिनिने  रामबहादुर भण्डारी भने केन्द्रीय समितिमा अटाएनन् ।उनलाई नेता कार्यकर्ताले ज्युँदो शहीद भनेर सम्बोधन गर्ने गर्छन् । तत्कालीन सरका

बारको विरोधमा प्रदर्शन गर्ने ५ जना पक्राउ

काठमाडौं, २८ कात्तिक । सर्वोच्च अदालतको मुल गेटबाट ५ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । नेपाल बार एसोसियशनहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा अगाडी प्रदर्शन गर्दै गर्दा बारको विरुद्धमा उत्रिएका ५ जना पक्राउ परेका हुन् । आइतबार पक्राउ पर्नेमा गोरखा फुजेलका नुरप्रसाद अधिकारीसहित ५ जना रहेका छन् । प्रधानन्यायाधीशलाई कार्यालयमा […]