शनिबार देशका विभिन्न जिल्लामा ५ जना मृतावस्थामा भेटिएका छन् । प्रहरीका अनुसार काठमाडौं, सोलुखुम्बु, संखुवासभा, नुवाकोट, झापा लगायतका जिल्लामा ५ जना मृत फेला परेका हुन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्ने एक पुरुष मृत फेला परेको छन् । दोलखा गौरीशंकर गाउँपालिका ५ घर भएका ५५ वर्षीय ब्याजु शेर्पा मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविरमा एक युवक मृतावस्थामा भेटिएका छन् । संखुवासभा मक