जाजरकोटका तीन जना डिस्चार्ज भएका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पसर्न नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार उपचाररत एकजनाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पठाउन थालिएको छ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालबाट डिस्चार्ज भएकी छिन्। शनिबार अस्पताल भर्ना भएकी राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण देखिएको थियो।
२५ असोज, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छ । ज्वरो र खोकी कम भएको छ । ‘अहिले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गर्न लागेका हौं,’ एक चिकित्सकले भने, ‘आवश्यक परे राष्ट्रपति भवनमा गएर थप […]
मेडिसिटी अस्पतालमा उपचार गराइरहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर स्वास्थ्य लाभ गरि डिस्चार्ज भएका छन् । हिजो बिहान भैरहवामा उनको स्वास्थ्य अवस्था खराब भएपछि थप उपचारका लागि हेलिकप्टरबाट उनलाई काठमाडौँ ल्याएर मेडिसिटीमा भर्ना गरिएको थियो । उनी पार्टीको कार्यक्रममा भैरहवा पुगेका थिए ।हिजो दिनभर उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । सम्पूर्ण जाँच परीक्षणपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पताललाई अध्यक्ष ठाकुरलाई डिस्चार्ज गरेको लोसपाका कार्यकारिणी सदस्य उ
काठमाडौं । ब्राजिलका फुटबल खेलाडी पेले अस्पतालबाट डिस्चार्ज भएका छन् । १३ फेब्रुअरीमा नियमित उपचारको लागि साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पताल भर्ना भएका पेले सोमबार डिस्चार्ज भएका हुन् । उनी कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको उपचारका लागि अस्पताल भर्ना भएका थिए । सन् २०१५ मा पेलेको प्रोस्टेटको शल्यक्रिया भएको थियो । त्यसपछि सन् २०१९ […]
काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशी आज साेमवार दिउँसाे अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
उहाँ छाती दुखेपछि उपचारका लागि माघ २५ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
जोशीको मुटुमा समस्या देखिनुका साथै छातीमा निमोनिया भएको थियो । अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएका जोशीलाई घरमा पनि केही दिन अक्सिजनको सपोर्टमा राख्नुपर्ने अस्पतालले जनाएको छ ।
एजेन्सी, ९ पुस। पेटको ट्युमरको नियमित उपचारका लागि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल स्टार पेले डिस्चार्ज भएका छन् । परिवारसँग क्रिसमस मनाउन भन्दै ८१ वर्षीय पेलेले अस्पतालबाट डिस्चार्ज भएका हुन् । पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया भएको थिए । पेले दुई सातअघि पुन: साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका थिए ।-Photo: Agency
एजेन्सी – तीन पटकको विश्व विजेता तथा ब्राजिलियन फुटबल लेजेन्ड पेले अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । बिहीबार उनी साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका हुन् । विगत दुई साताअघि पेटको ट्युमरको नियमित उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । ८१ वर्षीय पेले परिवारसँग क्रिसमस मनाउन भन्दै उनले अस्पतालबाट डिस्चार्ज […]
काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोराना संक्रमणका कारण निमोनिया देखिएपछि जबरा गत सोमबार काठमाडौको बलम्बुस्थित शसस्त्र प्रहरीको एपीएफ अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँ आज बिहान साँढे ९ बजे अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । निमोनियाका कारण अस्पताल भर्ना हुनुभएका जबरा स्वास्थ्यलाभ गरी घर फर्किनु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा […]
पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत साउन १ गते अचानक बेहोस भएर मस्तिष्काघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा लगिएको थियो । उनको न्युरो अस्पतालमा साढे दुईमहिना लामो उपचारसँगै एन्जिओप्लास्टी शल्यक्रिया पछि आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । शल्यक्रिया पछि टाउकोमा लगाइएका टाँका खोलिएसंगै मेयर जिसीको अस्पतालबाट डिस्चार्ज भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । मतिष्तस्कघातका कारण टाउकाको भित्री भाग