सांसद साहमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप, कडा कारबाही गर्न माग

जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका नेता नेता प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका छन् । जसपाले आज एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ । पार्टी कामको सिलसिलामा गृह जि

सम्बन्धित सामग्री

समयमै निर्माण नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा समयमा निर्माण नगर्ने त्यस्ता निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरिएको छ । बैठकको शून्य समयमा नेकपा (एमाले) का सांसद विद्या भट्टराईले कास्कीमा कुनै पनि पुलहरु समयमै निर्माण हुन नसकेको भन्दै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गर्नुभयो । सांसद सूर्यकुमारी श्रेष्ठले दैलेखमा सडक तथा पुल निर्माणका लागि ठूलो […]

‘एस देउवा, पी दाहाल र ए राणालाई कारबाही गर्नुपर्ने होइन र?’

काठमाडौं : नेकपा (एमाले)का सांसद महेश बस्नेतले सत्ता गठबन्धनका शीर्ष नेता र सरकारका मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले केही व्यक्तिहरु एमालेको अर्थ योजना विभागको सदस्य एम अधिकारी खोजिरहेको भन्दै यस्तो बताएका हुन्। ‘केही साथीहरु एमाले अर्थ योजना विभागको सदस्य एम अधिकारी खोजिरहेका छन्। उनले भने, ‘देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा (शेर

अनशनरत निहारिकालाई  न्याय दिन सांसदको माग

प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको वसन्तपुर डबलीमा अनशनरत बलात्कार पीडित भनिएकी निहारिका राजपुतलाई न्याय दिन माग गरिएको छ । आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरी छ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । विसं २०७६ कात्तिक ६ गते साँझ नाबालिग हुँदा निहारिकामाथि […]

बलात्कार पीडित निहारिकालाई न्याय दिनुपर्ने सांसदको माग

आजको बैठकमा पूर्वमन्त्री तथा नेकपा (एमाले) का सांसद थममाया थापाले बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गरी ६ दिनदेखि अनशन बस्दासमेत सरकारले कुनै वास्ता नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।...

एमाले सांसदको अभिव्यक्तिप्रति सांसद देवकोटाको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभामा दिएको अभिव्यक्तिप्रति सांसद खिमलाल देवकोटाले आपत्ति जनाएका छन्। एमाले सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रियसभाको रेकर्डबाट हटाउन समेत माग गरेका छन्। सांसद देवकोटाले भने, ‘संसद् नियमावलीमा सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति अभिव्यक्ति दिन बन्देज लगाएको छ। अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द भएको छ।’एमालेले कारबाही गरेको १४ सांसदमाथि सभामुखले कारवाही नगरेको भन्दै एमालेले प्

एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै रिट

सर्वोच्च अदालतमा नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी) को सांसद कायम गराउन माग गर्दै रिट निवेदन दायर गरेका छन् ।प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले आफूहरु एकीकृत समाजवादी पार्टीमा जान चाहेको तर निर्वाचन आयोगले सनाखत नगरेको रिट निवेदनमा छ । रिट निवेदनमा उक्त विवाद किनारा नलागेसम्म नेकपा (एमाले)ले गर्न सक्ने कारबाही रोक्न आदेशको माग गरिएको छ ।

सांसद पद जोगाइदिन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च्च अदालतमा रिट दायर गरेका छन्। बुधबार मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधिसभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रायमाझीले रिट दर्ता गराएका हुन्। पूर्व माओवादी केन्द्रमा रहेका रायमाझी अदालतको आदेशले नेकपा विभाजन हुँदा एमाले रोजेका थिए। लगत्तै उनलाई माओवादीले कारबाही गर्दै सांसदबाट हटाएको थियो।

काँग्रेस सांसद बैद्यलाई कारबाही गर्न एमाले सांसदको माग

बागमती प्रदेशसभाको नीति  तथा कार्यक्रमबारे छलफलमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै सत्ता पक्षका सांसदहरुले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् । यस्तो माग गर्ने सांसदहरुमा डाक्टर अजयक्रान्ति शाक्यलगाय छन् । ‘बैठकमा प्रदेश सांसद वैद्यले देशको कार्यकारी प्रमुखलाई संसदीय मर्यादाको समेत ख्याल नगरी दिएको अभिव्यक्ति खेदजनक छ,’ प्रदेश सांसद शाक्यले भने, ‘महात्मा गान्धीका हत्यारा नाथुराम विनायक गोड्से उदा