‘एस देउवा, पी दाहाल र ए राणालाई कारबाही गर्नुपर्ने होइन र?’

काठमाडौं : नेकपा (एमाले)का सांसद महेश बस्नेतले सत्ता गठबन्धनका शीर्ष नेता र सरकारका मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले केही व्यक्तिहरु एमालेको अर्थ योजना विभागको सदस्य एम अधिकारी खोजिरहेको भन्दै यस्तो बताएका हुन्। ‘केही साथीहरु एमाले अर्थ योजना विभागको सदस्य एम अधिकारी खोजिरहेका छन्। उनले भने, ‘देशी विदेशी शक्ति गुहारेर राष्ट्रपति र प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस देउवा (शेर

सम्बन्धित सामग्री

०४८ सालयताका सबै भ्रष्टलाई कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०४८ सालयताका सबै भ्रष्टलाई कारबाही गर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानबिन गरी ती भ्रष्टलाई कारबाही गर्ने बताए। अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले छिट्टै आयोग गठन गरी भ्रष्टहरूलाई कारबाही गर्ने प्रक्रिया सुरु […]

अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी रहँदैन : प्रचण्ड

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताएका छन् । पार्टीले अन्तर्घात छानबिनका लागि गठन गरेको समितिको प्रतिवेदन बुझ्दै उनले पार्टी अनुशासन तोड्नेलाई कारबाही नगरे माओवादी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए । ‘अनुशासन तोड्नेलाई कारबाही नगर्ने हो भने कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । यो […]

नारायणहिटी प्रकरण : दाहाल र बतासलाई कारबाही गर्न अख्तियारलाई पत्र

नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालक आनन्दराज बतासलाई अनुसन्धान तथा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग...

ओलीलाई कारबाही गर्ने तागत हामीसँग छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संसद् बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न सकिने तर्क गरेका छन् ।शनिबार कैलालीको धनगढीमा आयोजित विरोधसभामा उनले सभामुखले बैठक बोलाउने र दुईतिहाइ सांसद्ले प्रधानमन्त्रीलाई कारबाही गर्ने हैसियत राख्ने जिकिर गरे । विघटित प्रतिनिधिसभाका अधिकांश सांसद् पुनःस्थापनाको पक्षमा रहेको उनले दाबी गरे ।नेपालको संविधानले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई […]

संसद् बैठक डाकेर ओलीलाई कारबाही गर्न सक्छौं : दाहाल

धनगढी– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गर्न नमानेका केपी शर्मा ओलीले प्रधानमन्त्री पाउने भएपछि मात्र त्यसमा सहमत भएको बताएका छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध उक्त समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले फेरि प्रधानमन्त्री बनाउँछु भनेपछि ओलीले बाम गठबन्धन गर्न तयार भएको बताएका हुन् ।सुरुमा चुनावी गठबन्धन र पार्टी एकताको प्रस्ताव […]