एमालेले कारबाही गरेका लुम्बिनीका सांसद शाही र वलीको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

नेकपा (एमाले)ले कारबाही गरेका लुम्बिनीका २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दिएको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । लुम्बिनी प्रदेशसभाका सांसदहरू अजय शाही र विमला वलीलाई  एमालेले आफ्ना सांसद भन्दै कारबाही गरे पनि प्रदेश सभाले उनीहरूलाई कारबाही गरेको सूचना जारी गर्न मानेको थिएन । सोही विषयलाई लिएर सभामुख पूर्ण बहादुर घर्तीसहित प्रदेश सभा सचिवालयविरुद्ध नेकपा एमाले सर्वोच्चमा पुगेको थियो । एमालेले दायर गरेको उक्त मुद्दामाथि मंगलबार भएको सुनुवाइम