काठमाडौं : विभिन्न विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएसँगै सरकारले पदपूर्ति प्रक्रिया धमाधम अघि बढाएको छ। कुनै विश्वविद्यालयमा त पद रिक्त नहुँदै आवेदन माग गरिएको छ।शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई संयोजक, राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी सदस्य भएको छनोट समितिले माघ २३ गते पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।समितिले इच्छुक तथा योग्य व्यक्तिहरूले आवेदकले सूचना प्रकाशित भएको मितिले १