काठमाडौँ : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको १० दिन बित्दा पनि अझै कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको ६ गते (आइतबार)बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो। सूचनामा भनिएको थियो, ‘मध्यपश्चिम विश्वविद्यालय तथा सुदूरपश्चिम विश्वविद्यालयको रिक्त हुने उपकुलप