जुम्लाको आर्थिक समृद्धिसँग पहिचानसँग जोडिएको जुम्ली अर्गानिक स्याउ नपाक्दै बजारमा गएको गुनासो आएको छ । कालिकोटको स्याउ लिएर जुम्लाको नाम बेचेको तर आफुहरूले स्याउ नटिपेको जुम्ली किसानले बताएपनि जुम्लाको चन्दनाथ, तातोपानी र तिलाका केहि किसानले भने रातारात काँचो स्याउ निर्यात गरेको पाइएको छ । जसका कारण जुम्ली स्याउको पहिचान संकटमा छ ।जुम्ली काँचो स्याउ सुर्खेत […]
खलङ्गा – जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन्। यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको व्यापक जनगुनासो आएपछि जुम्लाका स्थानीय तहले काँचो स्याउ सङ्कलनमा रोक लगाउने निर्णय गरेका छन्। काँचो स्याउ सङ्कलन तथा बिक्री गर्दा अर्गानिक जिल्लाको पहिचान सङ्कटमा […]
जुम्लामा उत्पादन हुने जुम्ली अर्गानिक स्याउ राम्रोसँग नपाक्दै बजारमा देखापरेपछि जिल्लाका स्थानीय तहले स्याउ सङ्कलनमा कडाइ गरेका छन् । यहाँको काँचो स्याउ कर्णाली प्रदेश राजधानी सुर्खेत, नेपालगञ्ज, दाङलगायतका बजारमा पुगेको...
स्याउ निर्यात खुल्ला गरेसँगै जुम्लाबाट करिब दुई हजार टन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ ।विशेषगरी भदौको दोस्रो सातादेखि स्याउ निर्यात धमाधम रुपमा सुरु भएको हो । कृषि विकास कार्यालय जुम्लाले सूचना जारी गरी भदौ १० गतेपछि मात्रै स्याउ टिप्न र निर्यात गर्न खुला गरेको थियो । स्याउ निर्यातको समय खुला गरेपछि मात्रै हालसम्म २ […]
गत वर्षभन्दा १५ करोड बढी घाटाजुम्ली अर्गानिक स्याउ उत्पादन गतर्षको भन्दा दोब्बरले घटेको छ । गत वर्ष १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष ६ हजार २ सय १० मेट्रिकटन मात्रै स्याउ उत्पादन भएको कृषि विकास कार्यालयको तथ्यांक छ । बाहिरबाट ल्याएको जातको स्याउ राम्रै फले पनि जुम्लाकै रैथाने जातको अर्गानिक स्याउ उत्पादनमा […]
जुम्लाको अर्गानिक स्याउ परिपक्क नहुदै बजारमा पुगेको छ । कर्णाली राजमार्ग संग जोडिएका यहाँका तातोपानी र तिला गाउँपालिकाका किसानले निर्णय उल्लघन गर्दै काँचो स्याउ विक्री गरेको पाइएको छ । भदौ दोस्रो सातापछि मात्र जुम्लाबाट स्याउ निर्यात गर्न पाईने निर्णय गरेपनि लुकिछिपी किसान र व्यापारी मिलेर नपाक्दै जुम्ली स्याउ बजारमा पुराइएको हो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटा भन्छन,“ स्याउ पुर्ण रुपमा पाक्न १२ प्रतिशत गुलियोपना हुनुपर्छ । ७० प्रतिशत कलर चढिसकेको हुनुपर्छ ।