गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले मन्त्रीको नाम टुंगो लगाएसँगै कृषि मन्त्रालय बागलुङ ताराखोलाका चन्द्र बहादुर बुढा सागरले सम्हाल्ने भएका छन्।
उनी बागलुङ क्षेत्र नं २ प्रदेश (क) क्षेत्र २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । बागलुङ जिल्ला लगायत गण्डकी क्षेत्रको माओवादी जनयुद्ध तथा आन्दोलनमा सागरको महत्वपूर्ण योगदान रहेको छ।
जनयुद्धको घोषणा सँगै संगठन निर्माण र विस्तार गर्न उनले भूगोलमा रहेर अग्रणी भूमिका खेलेका थिए ।
यस्तै अर्थ मन्त्रालयमा रामजी बराल, र वन तथा वातावरणमा दीपक चर्तीमगर जाने गरी सहमति जुटेको छ ...