पुस्तक तथा स्टेसनरी व्यवसायीले सामुदायिक विद्यालयको पुस्तकको बिक्री थालेका छन् । कक्षा १ देखि १० सम्मका सम्पूर्ण पुस्तक उपलब्ध भइसकेको व्यवसायी महासंघका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए । शिक्षकको अनुकूलता अनुसार जुनसुकै समयमा खरिद गर्न सक्ने बन्दोबस्ती मिलाइएको छ ।