दाङ – सहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा एकीकृत समाजवादीका नेता चौधरीले मनोनयन दर्ता गराए भने प्रदेश सभातर्फ (क) मा नेकपा माओवादीका इन्द्रजित थारु र (ख) मा नेपाली कांग्रेसबाट अनुराग खड्काले मनोनयन दर्ता गराएका छन्। […]