बाग्लुङ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा सदस्यका लागि बाग्लुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
अध्यक्ष केसीले बाग्लुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज आइतवार दिउँसाे उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिवार नै बाग्लुङ आइपुग्नुभएको थियो ।
सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक हुनुहुन्छ । उहाँले पाँच दलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिनुभएको हो । उहाँसँगै प्रमुख प्रतिप...