नेप्सेको कारोबार ५ अर्ब कट्यो, आधा दर्जन कम्पनीको मूल्यमा सर्किट

काठमाडौँ । लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार कारोबार ५ अर्बमाथि कटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १८.०९ अङ्कले बढ्दै २१४३.९३ विन्दुमा पुग्दा ५ अर्ब ४ करोड ७ लाख रुपैयाँको कारोबार

सम्बन्धित सामग्री

सेयर बजार २१ सय बिन्दुमा उक्लियो, ४ कम्पनीको सेयरमा सर्किट

काठमाडौ । सेयर बजारमा मंगलबार हरियाली छाएको छ । नेप्से सूचक २१ सयको मनोवैज्ञानिक बिन्दुमाथि उक्लिएको छ । मंगलबार नेप्से सूचक ३३.१५ बिन्दुले बढेर २११५.२४ अंकमा अडिएको हो । सबै समूहका सूचकमा हरियाली छाएको छ । यसदिन ५ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार […]

कारोबार रोक्का रहेको कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट !

शुक्रबारको कारोबारमा अचम्मको दृश्य देखिएको छ । आज शुक्रबार कारोबार  रोक्का रहेको एउटा कम्पनीको शेयर कारोबार भएको छ त्यसले सकारात्मक सर्किट समेत हानेको छ । नेप्सेमा  रिलायन्स लाईफ इन्स्योरेन्सको कारोबार रोक्का रहेको छ ।  सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडसंग मर्ज हुने सम्झाय्ता गरेपछि दुवै कम्पनीको कारोबार रोक्का रहेको छ।  तर शुक्रबार अचानक रिलायन्सको कारोबार सुरु भयो र कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ ।  यो समाचार तयार पार्दासम्म कम्पनीको १०० कित्ता कारोबार भएको छ र अन्तिम मूल्य ३६८.५ रुपैयाँ कायम रहेको छ। नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले यसबारे आफुलाई भर्खर थाहा भएको र समबन्धित विभागमा बुझे पछि मात्र के भएको हो भन्न सकिने बताएका छन्  । गत असार २९ गते  सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स बराबर हैसियतमा मर्ज हुने सम्झौता गरेका थिए ।   बीमा समितिले  आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीले ५ अर्ब चुक्ता पुँजी पुर्याउनु पर्ने निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्न  छ ।

४०.५७ अंकले घट्यो नेप्से, ५ अर्ब ८३ करोड बराबरको शेयर खरीदविक्री

माघ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४० दशमलव ५७ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ८३६ दशलमव १७ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर ७३ हजार १९२ पटकमा रू. ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० दशमलव ४७  मा खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य ८ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५७५  पुगेको हो ।  त्यसैगरी यो दिन दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडडको शेयरमूल्य ३ दशमलव ८० प्रतिशतले वृद्धि भएर रू. ८२० पुगेको छ । उता यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले घटेसँगै नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ७६३ दशमलव ३० मा झरेको छ । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७ दशमलव ६१ प्रतिशतले घटेर रू. १ हजार ५०६ मा कायम भएको छ । आइतवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ५४ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९९ कायम भएको छ । त्यसैगरी दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू.४२ करोड ४७ लाख बराबरकोशेयर खरीदविक्री भएको छ । यो दिन कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट कायम हुन आउने चुक्तापूँजी ७ अर्ब १९ करोड रुपैयाँको कुल १४ दशलमव ७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश गरेर कुल १४ दशमलव ७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  तर यो प्रस्तावलाई लगानीकर्ताले सहज रुपमा लिन सकेनन् । परिणामस्वरुप कम्पनीको शेयरमूल्य ७ दशमलव ६१ प्रतिशतले घट्न पुग्यो । यो दिन कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । कारोबारमा आएका १३  ओटा समूहमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५७ प्रतिशतले घटेको छ ।  त्यसैगरी बैंकिङ समूहको १ दशलमव शून्य ४ प्रतिशत,व्यापार समूहको १ दशमलव ६६ प्रतिशत,ब्यापार समूहको १ दशमलव ६६ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ५९ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ९६ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव १३ प्रतिशतले घटेको छ ।  यसैगरी वित्त समूहको २ दशमलव ४१ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ९९ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ८२ प्रतिशत,अन्य समूहको १ दशमलव ६८ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ४८ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ३७ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ३१ प्रतिशतका दरले घटेको छ ।  केहि दिन अघि मात्र केन्द्रीय बैंकले ७ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेहरुको विवरण मागेको थियो । यसबाट लगानीकर्तामा अन्योलता बढेको जस्तो अनुमान गरिएको छ । यो दिनको कारोबारमा सवै समूह घट्नुको कारण केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई उक्त विवरण माग्नु त हैन भन्ने आशंका गर्ने ठाउँ पनि छ । हुन त यस्तो विवरण माग्नुको कारण डिजिटल कारोबार वा क्रिप्टोकरेन्सीलगायतका कारोबारलाई निरुत्साहित गर्नलाई हो । निश्चय नै यो शंका निवारण भएपछि बजार त बढ्छ नै ।

आज यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, ३० कात्तिक । शेयर बजारमा ५ अर्ब बढीको शेयर कारोबार भएको छ । मंगलबार १७१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १५ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको नेप्सेले जनाएको छ । त्यस्तै, नेपाल बङलादेश बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, पञ्चकन्यामाइृ हाइड्रोपावर, अपर तामाकोशी, मैलुङ खोला जलविद्युत कम्पनीको आज शेयरमुल्य १० प्रतिशतका […]

आज यी कम्पनीको सकिर्ट लेभलमा कारोबार

काठमाडौं, ११ कात्तिक । नेप्सेमा आज ५ अर्ब बढीको कारोबार हुँदा नेशनल हाइड्रोपावरको आज सबैभन्दा धेरै कारोबार भएको छ । आज केही कम्पनीको सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, आज सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन्। कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेप्सेको अनुसार मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव […]

आज ३ कम्पनीको शेयरमा सकरात्मक सर्किट

काठमाडौं, २९ बैशाख । आज झिनो अंकले नेप्से बढ्दा ५ अर्ब ३२ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबार ३ कम्पनीको शेयरमा १० प्रतिशत सर्किट लागेको छ । बाँकी ९ कम्पनीको सर्किट लेभलमा नै कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् […]