माघ २३, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४० दशमलव ५७ अंकले घटेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ८३६ दशलमव १७ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर ७३ हजार १९२ पटकमा रू. ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० दशमलव ४७ मा खरीदविक्री भएको छ ।
यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी नेपाल हाइड्रो डेभलोपरको शेयरमूल्य ८ दशमलव शून्य ८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५७५ पुगेको हो ।
त्यसैगरी यो दिन दोस्रोमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडडको शेयरमूल्य ३ दशमलव ८० प्रतिशतले वृद्धि भएर रू. ८२० पुगेको छ । उता यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले घटेसँगै नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ७६३ दशमलव ३० मा झरेको छ ।
त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ७ दशमलव ६१ प्रतिशतले घटेर रू. १ हजार ५०६ मा कायम भएको छ ।
आइतवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ५४ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९९ कायम भएको छ ।
त्यसैगरी दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रू.४२ करोड ४७ लाख बराबरकोशेयर खरीदविक्री भएको छ । यो दिन कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट कायम हुन आउने चुक्तापूँजी ७ अर्ब १९ करोड रुपैयाँको कुल १४ दशलमव ७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश गरेर कुल १४ दशमलव ७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । तर यो प्रस्तावलाई लगानीकर्ताले सहज रुपमा लिन सकेनन् । परिणामस्वरुप कम्पनीको शेयरमूल्य ७ दशमलव ६१ प्रतिशतले घट्न पुग्यो ।
यो दिन कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । कारोबारमा आएका १३ ओटा समूहमध्ये सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५७ प्रतिशतले घटेको छ ।
त्यसैगरी बैंकिङ समूहको १ दशलमव शून्य ४ प्रतिशत,व्यापार समूहको १ दशमलव ६६ प्रतिशत,ब्यापार समूहको १ दशमलव ६६ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ५९ प्रतिशत,विकास बैंक समूहको १ दशमलव ९६ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव १३ प्रतिशतले घटेको छ ।
यसैगरी वित्त समूहको २ दशमलव ४१ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ९९ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ८२ प्रतिशत,अन्य समूहको १ दशमलव ६८ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ४८ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ३७ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ३१ प्रतिशतका दरले घटेको छ ।
केहि दिन अघि मात्र केन्द्रीय बैंकले ७ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्नेहरुको विवरण मागेको थियो । यसबाट लगानीकर्तामा अन्योलता बढेको जस्तो अनुमान गरिएको छ । यो दिनको कारोबारमा सवै समूह घट्नुको कारण केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई उक्त विवरण माग्नु त हैन भन्ने आशंका गर्ने ठाउँ पनि छ । हुन त यस्तो विवरण माग्नुको कारण डिजिटल कारोबार वा क्रिप्टोकरेन्सीलगायतका कारोबारलाई निरुत्साहित गर्नलाई हो । निश्चय नै यो शंका निवारण भएपछि बजार त बढ्छ नै ।