कोरोना संक्रमणको उपचारका लागि गोरखा अस्पतालमा आईसियू कक्ष स्थापनाको प्रक्रिया शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भेन्टिलेटर र अन्य आवश्यक उपकरण सहितको दुई वटा आइसियू बेड र ५ वटा आइसोलेसन कक्ष निर्माणका लागि वजेट छुट्याएको थियो ।
प्रदेशको सामाजिक विकास मन्त्रालय हुँदै अस्पताल ब्यवस्थापन समितिको खातामा वजेट आइपुगेको निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर नविन थापाले जानकारी दिए । गोरखा अस्पतालमा भेन्टिलेटर खरिद, आइसियू कक्ष निर्माण लगायत कामका लागि १ करोड रुपैया वजेट पठाइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।