जुम्लामा एभरेष्टको फाइबर सेवा सुरु

जुम्ला- जुम्लामा एभरेष्ट इन्टरनेटको फाइबर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले  वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइबर सेवा सुरु गरेको छ । एभरेष्ट नेटवर्क प्रा.लि.का सञ्चालक बसन्त वलीले जुम्लामा फाइबर (तारयुक्त) सेवा सुरु गरेको बताए  । एभरेष्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ ।