३ असार, काठमाडौं । विश्वभर सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालहरूको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालमध्ये पछिल्लो समय नेपालमा क्लब हाउस एप चर्चित बन्दै गएको छ । धेरै नेपाली प्रयोगकर्ता यो सामाजिक सञ्जालसँग जोडिएका छन् । यससञ्जालमा प्रयोगकर्ता विभिन्न विषयमा आ-आफ्नै छुट्टाछुट्टै अनलाइन मिटिङमा ‘भ्वाइस’को माध्यमबाट जोडिन सक्छन् । यसमा प्रयोगकर्ताले आफूलाई मन […]