एमालेका पोलिटब्यरो सदस्य महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र नहुने बताएका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपालले बिहीबार राजधानीमा आयोजना गरेको विरोध प्रदर्शनमा सम्बोधन गर्दै बस्नेतले अहिले धेरै अराजनीतिक तत्वहरू फेरि राजा बनाउँछु भन्दै हिँडेको र यो एमालेलाई सह्य नहुने बताए ।