गणतन्त्रको विकल्प जनताले २४० वर्षसम्म भोगेको निरंकुश राजतन्त्र नहुने प्रा.डा. लोकराज बराल बताएका छन् । उनले विकल्प भनेको अझ सुदृढ गणतन्त्र रहेको जिकिर गरे । ‘गणतन्त्र विश्वकै सबैभन्दा उत्कृष्ट मध्येका एक शासन व्यवस्था हो । यसको कार्यान्वयनमा केही कमीकमजोरी सत्ता सञ्चालकहरूबाट भए सुधार्दै लानुपर्छ । तर, यसको विकल्प जनतालाई झण्डै अढाइ शताब्दी भोगेको निरंकुश राजतन्त्र हुन सक्दैन’, बरालले भने । उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरी