दुई घरमा आगलागी हुँदा ४२ लाख बढीको क्षति

सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाख बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार भक्तबहादुर राईको घरको भान्साकोठाबाट सुरु भएको आगोले भक्तबहादर र सँगै रहेको नौधनको घर समेत खरानीमा परिणत भएको हो ।आगलागीबाट ढुङ्गामाटोले बनेको र टिनको छानो भएको राईद्वयको दुई/दुई तले घरसहित भित्र रहेको सबै धनमाल ज

सम्बन्धित सामग्री

घरमा आगलागी हुँदा सुत्केरीसहित परिवारको विचल्ली

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ।

सप्तरीको छिन्नमस्तामा आगलागी हुँदा ५ लाख रुपैयाँभन्दा बढीको क्षति

सप्तरी - सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ गोविन्दपुरमा आज बिहान भएकाे आगलागीबाट पाँच लाख रुपैयाँभन्दा बढीकाे क्षति भएकाे छ । गोविन्दपुरका मजिद मियाँको घरमा आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा जलेर नष्ट भएकाे हाे। आगलागीमा परेर उहाँका पशु चाैपाया समेत जलेका प्रहरीले जनाएको छ । स्थानीयवासी,सशस्त्र प्रहरी, जनपद प्रहरी तथा राजविराज नगरपालिकाको सहयोगमा आगाे बिहानै निभाइएकाे प्रहरीले जनाएकाे छ ।

सोलुखुम्बुमा आगलागीबाट दुई घर नष्ट, ४२ लाख बढीको क्षति

सोलुखुम्बु । सोलुखुम्बुमा आगलागीबाट दुई घर जलेर नष्ट हुँदा ४२ लाखभन्दा बढीको क्षति भएको छ । थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका भक्तबहादुर राई र नौधन राईको घरमा आगलागी हुँदा ४२ लाख ८० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामकिशोर शाहकाअनुसार भक्तबहादुर राईको घरको भान्साकोठाबाट सुरु […]

आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा १८ लाख बढीको क्षति भएको छ। विद्युत् सर्ट भई घरमा आगलागी भएको हो।...

आगलागी हुँदा १८ लाख बढीको क्षति

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए । ‘बसको […]

विद्युत् सर्ट भई आगलागी हुँदा १८ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट रु चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताए ।“बसको किस्ता तिर्नका लागि राखेको नगद रु चार लाख ५० हजार रकम घरमा आगलागी हुँदा जल्यो”, उनले भने– “गहनासहित लगाउने बिछ्याउने, ओढ्ने कपडा सबै जले

दुर्गा भगवतीमा आगलागी हुँदा ७ लाखभन्दा बढीको क्षति

दुर्गा भगवती गाउँपालिका ४ का हरि यादवको घरमा आगलागी हुँदा पशु चौपाया मर्नुका साथै लाखौँको क्षति भएको हो।...

सल्यान दार्माको एक घरमा आगलागी हुँदा १५ लाखको क्षति

सल्यान : सल्यान कोटगाउँको एउटा घरमा आगलागी हुँदा १५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको छ।जिल्लाको दार्मा गाउँपालिका– १ कोटगाउँका सुरेश चन्दको घरमा आगलागी भएको हो।कर्कट पाताले छाएको दुईतले घरमा कोही नभएका बेला आइतबार साँझ आगलागी भएको पीडितको भनाइ छ।आगलागीबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा र ४ लाख नगद जलेर नष्ट भएको पीडित चन्दले बताए।आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीपछि चन्द परिवार अहिले भाइको घरमा बसेका छन्।

इलामको एक घरमा आगलागी, ४४ लाख बढीको क्षति

इलाम : इलाम नगरपालिका-१ नेपालटारमामा एक घर जलेर नष्ट भएको छ।बजारभन्दा २ किलोमिटर तल पूवाखोला तर्फको डिपी डाँडामा रहेको तेजबहादुर गुरुङको घरमा आगलागी भएको हो।विद्युत सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। आगलागी नियन्त्रण गर्नका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयको भनाइ छ।आगलागीबाट ४४ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ।