इलामको एक घरमा आगलागी, ४४ लाख बढीको क्षति

इलाम : इलाम नगरपालिका-१ नेपालटारमामा एक घर जलेर नष्ट भएको छ।बजारभन्दा २ किलोमिटर तल पूवाखोला तर्फको डिपी डाँडामा रहेको तेजबहादुर गुरुङको घरमा आगलागी भएको हो।विद्युत सर्ट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। आगलागी नियन्त्रण गर्नका लागि स्थानीयले प्रयास गरे पनि नियन्त्रण गर्न नसक्दा घर र घरका सामग्री जलेर नष्ट भएको स्थानीयको भनाइ छ।आगलागीबाट ४४ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ।