प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २ करोड २३ लाख रूपैयाँ रहेको […]

सम्बन्धित सामग्री

साविकको प्राइम लाइफ इन्स्योरेन्सले ९ महीनामा कमायो रू. २१ करोडभन्दा बढी नाफा

काठमाडौं । साविकको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू.२१ करोडभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा १० प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १८ करोड ९५ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवमा रू. २९ करोड ३१ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. २९ करोड ५१ लाख पुगेको छ ।  चुक्तापूँजी रू. ३ अर्ब १४ करोड रहेको कम्पनीले जगेडामा रू. ४६ करोड ३८ लाख, जीवन बीमा कोषमा रू. २१ अर्ब ५३ करोडभन्दा बढी र महाविपत्ति कोषमा रू. २१ करोड ४३ लाख सञ्चित गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ३ अर्ब ३० करोडभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा कम्पनीले रू. ९८ करोड ३३ लाख दाबी भुक्तानी गरेको छ भने रू. ४ करोड ३० लाख दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ८ दशमलव ९२, मूल्य आम्दानी अनुपात ४३ दशमलव ६२ गुणा र प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ५९ रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पनि  पारित

मंसिर १९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १४औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा  आयोजित उक्त सभाले १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले मा सञ्चालक समितिको तर्फबाट अध्यक्षय प्रस्तुत गरेको २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/ ७८ को लेखा परिक्षकको प्रतिवेदनसहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरुसहितको वित्तीय विवरण पनि छलफल गरि पारित गरेको छ ।

नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर १० गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । कम्पनीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७५६.५२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८७० थियो । प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company ले मङ्सिर १९ गते आइतबार सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५ सय ८६ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि ०.८७  प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश गरि कुल १५.८७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ  ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै सभामा कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पनि पेश हुने छ  ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायाम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्तावः१. बार्षिक साधारण सभा समक्ष सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने ।२. आर्थिक बर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, एकिकृत आयव्यय हिसाव, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचिहरु सहितको वित्तीय विवरण पारित/स्वीकृत गर्ने ।३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७१७८ को हिसावकिताव लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने ।४. स्वतन्न सञ्चालक नियुक्तीको अनुमोदन गर्ने ।विशेष प्रस्तावः५. कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्तावको स्वीकृति प्रदान गर्ने ।६. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७६/७७ सम्मको संचित मूनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. २,४१,७०,५७,०२३/०० को १५ प्रतिशत (खूद) का दरले हुने रु. ३६,२५,५८,५५४/०० बराबरको बोनश शेयर जारी गर्ने र उक्त बोनश शेयरको कर प्रयोजनार्थ रु. १,९०,८२,०२९/०० नगद लाभांश स्वीकृत गर्ने ।७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चक्ता पंजी बद्धि गर्न स्वीकति प्रदान गर्ने ।८. कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने ।९. विशेष प्रस्ताव अन्तर्गत नं. ५, ७ र ८ को प्रस्ताव लगायतका निर्णयहरुको कार्यान्वयनको लागि कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने।१०. सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको चयनको सम्बन्धमा संस्थापक समुहबाट प्राप्त सञ्चालक मनोनयनको व्यहोरा सभामा जानकारी गराई पारित गर्ने ।

२ वाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज मङ्सिर ९ गते २ वाणिज्य बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि  मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेका बैंक अफ काठमांडू, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited ले मङ्सिर २९ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ४ प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।    साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  ।  मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।  त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited  ले  मङ्सिर २८ गते मंगलार नयाँ बानेश्वर स्थित आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्न लागेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.०६ प्रतिशत नगद लाभांश गरि कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ। कम्पनीको  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव१. आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक वितीय विवरणहरू पारित गर्ने ।३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको ३.०६ प्रतिशत (प्रति शेयर रू.३.०६ (अक्षरेपी तीन रूपैयाँ ६ पैसा) का दरले नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।४. आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार वर्तमान लेखापरीक्षक एसआरपाण्डे एण्ड क. चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्तिका लागि योग्य रहेको)विशेष प्रस्ताव :१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत (प्रति १०० शेयरमा १० शेयर) का दरले बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने ।२. बैंकको प्रबन्धपत्रको दफा ५ (क), (ख) र (ग) मा संशोधन स्वीकृत गर्ने ।३. प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेरबदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिन स्वीकृत प्रदान गर्ने । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company ले मङ्सिर १९ गते आइतबार सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५ सय ८६ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि ०.८७  प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश गरि कुल १५.८७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ  ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै सभामा कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पनि पेश हुने छ  ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायाम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्तावः१. बार्षिक साधारण सभा समक्ष सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने ।२. आर्थिक बर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, एकिकृत आयव्यय हिसाव, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचिहरु सहितको वित्तीय विवरण पारित/स्वीकृत गर्ने ।३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७१७८ को हिसावकिताव लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने ।४. स्वतन्न सञ्चालक नियुक्तीको अनुमोदन गर्ने ।विशेष प्रस्तावः५. कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्तावको स्वीकृति प्रदान गर्ने ।६. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७६/७७ सम्मको संचित मूनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. २,४१,७०,५७,०२३/०० को १५ प्रतिशत (खूद) का दरले हुने रु. ३६,२५,५८,५५४/०० बराबरको बोनश शेयर जारी गर्ने र उक्त बोनश शेयरको कर प्रयोजनार्थ रु. १,९०,८२,०२९/०० नगद लाभांश स्वीकृत गर्ने ।७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चक्ता पंजी बद्धि गर्न स्वीकति प्रदान गर्ने ।८. कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने ।९. विशेष प्रस्ताव अन्तर्गत नं. ५, ७ र ८ को प्रस्ताव लगायतका निर्णयहरुको कार्यान्वयनको लागि कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने।१०. सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको चयनको सम्बन्धमा संस्थापक समुहबाट प्राप्त सञ्चालक मनोनयनको व्यहोरा सभामा जानकारी गराई पारित गर्ने ।

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २ करोड २३ लाख रूपैयाँ रहेको […]

तेस्रो त्रैमाससम्ममा प्राइम लाइफ इन्स्योरेन्सको बीमाशुल्क ३ अर्बभन्दा बढी

वैशाख २२, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ११ करोड ७१ लाख बीमाशुल्क आर्जन गरेको छ ।  गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा बीमाुशल्क ३७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब २६ करोड ६ लाख बीमाशुल्क आर्जन गरेको थियो ।  त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २२ करोड ८६ लाख नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवको सोही अवधिमा नाफा २४ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १८ करोड ३० लाख ९२ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७० लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ६२ करोड ५२ लाख ९९ हजार र जीवन बीमा कोषमा रू. १४ अर्ब भन्दा बढी सञ्चित गरेको छ ।  कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या २ लाख ३८ हजार ८३१ रहेको छ भने कुल जारी बीमालेखको संख्या १७ लाख ३३ हजार ८५६ पुगेको छ ।  कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६१, मूल्य आम्दानी अनुपात ६९ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ९८ रहेको छ ।