नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर १० गते बुक क्लोज गरेकोले आज मूल्य समायोजन भएको हो । कम्पनीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ७५६.५२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८७० थियो । प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company ले मङ्सिर १९ गते आइतबार सभा गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५ सय ८६ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि ०.८७  प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश गरि कुल १५.८७  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ  ।  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै सभामा कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने प्रस्ताव पनि पेश हुने छ  ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायाम शेयरधनीले मात्र  सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : सामान्य प्रस्तावः१. बार्षिक साधारण सभा समक्ष सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत एवं पारित गर्ने ।२. आर्थिक बर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, एकिकृत आयव्यय हिसाव, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचिहरु सहितको वित्तीय विवरण पारित/स्वीकृत गर्ने ।३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७१७८ को हिसावकिताव लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने ।४. स्वतन्न सञ्चालक नियुक्तीको अनुमोदन गर्ने ।विशेष प्रस्तावः५. कम्पनीको हाल कायम रहेको अधिकृत पुंजी बृद्धि गरि रु. ५ अरव कायम गर्ने प्रस्तावको स्वीकृति प्रदान गर्ने ।६. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आ.व. २०७६/७७ सम्मको संचित मूनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. २,४१,७०,५७,०२३/०० को १५ प्रतिशत (खूद) का दरले हुने रु. ३६,२५,५८,५५४/०० बराबरको बोनश शेयर जारी गर्ने र उक्त बोनश शेयरको कर प्रयोजनार्थ रु. १,९०,८२,०२९/०० नगद लाभांश स्वीकृत गर्ने ।७. उल्लेखित बोनश शेयर पश्चातको हदसम्म जारी तथा चक्ता पंजी बद्धि गर्न स्वीकति प्रदान गर्ने ।८. कम्पनीमा हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ७० प्रतिशत र ३० प्रतिशत रहेकोमा सो अनुपात परिवर्तन गरि संस्थापक र सर्वसाधारणको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत गर्ने प्रस्ताव स्वीकृत गर्ने ।९. विशेष प्रस्ताव अन्तर्गत नं. ५, ७ र ८ को प्रस्ताव लगायतका निर्णयहरुको कार्यान्वयनको लागि कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक संशोधन/समायोजन गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने।१०. सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने । संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको चयनको सम्बन्धमा संस्थापक समुहबाट प्राप्त सञ्चालक मनोनयनको व्यहोरा सभामा जानकारी गराई पारित गर्ने ।

सम्बन्धित सामग्री

बिमा कम्पनीको बिग मर्जर

युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबारदेखि औपचारिक रूपमा एकीकृत कारोबार सुरु गरेका छन् । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा एकैपटक तीनवटा संस्था गाभिएको भने पहिलोपटक हो । १...

युनियन लाइफले पारित गर्‍यो मर्जर प्रस्ताव

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक–आपसमा गाभ्ने–गाभिने (मर्जर)सम्बन्धी अन्तिम प्रस्ताव पारित गरेको छ ।  विशेष साधारणसभाले मर्जरपश्चात् बन्ने जीवन...

विद्यालयलाई प्राइम लाइफ इन्स्योरेन्सको सहयोग

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभूत विद्यालयमा अध्यनरत ३५० जना बाल बालिकालाई स्कुल ब्याग वितरण गरेको छ ।यस्तै कम्पनीले सो विद्यालयको भवन निर्माणका लागिसमेत तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले विद्यालयमा भएको कार्यक्रममा नगद तथा विभिन्न सामग्री हस्तान्तरण गरिएको हो । […]

उदयपुरका विद्यार्थीलाई प्राइम लाइफको सहयोग

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले उदयपुरको श्री खाट मन्दिर आघारभूत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग तथा विद्यालयलाई नगद सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयमा अध्यनरत तीन सय ५० जना बालबालिकालाई...

प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १५औं वर्षमा प्रवेश गरेको छ ।कम्पनीले जीवन बिमा क्षेत्रमा आफ्नो विशेष पहिचान स्थापित गर्दै बिमितहरुलाई सरल तथा सहज बिमा सेवा प्रदान गर्दै आएको दावी गरेको छ । आगामी दिनमा थप उत्तरदायी तथा व्यावसायिक भई जीवन बिमा व्यवसायलाई पारदर्शी बनाई देश विकासको महान कार्यमा योगदान गर्नसक्षम हुने विश्वास लिएको कम्पनीले जनाएको छ […]

प्राइम लाइफको नयाँ उपशाखा

प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ।

प्राइम लाइफ इन्स्योरेन्स बीमा समितिको कारबाहीमा

बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेको भन्दै आइतबार समितिले इन्स्योरेन्सलाई दश हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा  कम्पनीले सुशासनसम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी

प्राइम लाइफ इन्स्योरेन्सले शेयरधनीलाई १५ प्रतिशत बोनस दिने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गत आइतवारका दिन साधारणसभा सम्पन्न भएको हो । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि आवश्यक स्वास्थ्य सम्बन्धित सावधानी अपनाई भौतिक तथा जूममार्फत सभामा भाग लिन सक्ने व्यवस्था मिलाइएको थियो । साधारण सभाबाट आर्थिक बर्ष २०७६/७७ को वित्तीय विवरणहरू पारित गरि सो आर्थिक वर्षसम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँको १५ प्रतिशत  (खुद) का दरले शेयरधनीहरुलाई बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रय...

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २ करोड २३ लाख रूपैयाँ रहेको […]

प्राइम लाइफ इन्स्योरेन्सको नाफा २२.८६ करोड

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ७ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको बिमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा ३७.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको बिमा शुल्क आर्जन २ करोड २३ लाख रूपैयाँ रहेको […]