प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पनि  पारित

मंसिर १९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १४औं वार्षिक साधारण सभा आइतवार सम्पन्न भएको छ । अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा  आयोजित उक्त सभाले १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले मा सञ्चालक समितिको तर्फबाट अध्यक्षय प्रस्तुत गरेको २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७/ ७८ को लेखा परिक्षकको प्रतिवेदनसहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरुसहितको वित्तीय विवरण पनि छलफल गरि पारित गरेको छ ।

सम्बन्धित सामग्री

प्राइम लाइफले मर्जर प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ६ गते मर्जर सम्बन्धि प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको छ । गत चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्जरमा जान लागेका हुन् । वैशाखमै एकीकृत कारोबार गर्न लागेका तीन ओटै कम्पनीहरूले विशेष साधारण सभा आव्हान गरेका छन् । युनियन लाइफले र गुराँस लाइफले पनि वैशाख ६ गतेनै विशेष साधारण सभा बोलाएका हुन । समान हैसियतमा एक हुन लागेका यी तीन कम्पनीको मर्जरपछि चुक्तापूँजी रू. ७ अर्ब ७२ करोड ३१ लाख ९० हजार पुग्नेछ । बीमा कम्पनीहरूले नियामक निकायले तोकेबमोजिमको चुक्तापूँजी यहि चैतभित्र कायम गर्नुपर्नेछ । जीवन बीमा कम्पनीको लागि रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने व्यवस्था नियामक निकाय नेपाल बीमा प्राधिकरणले गरेको छ ।  प्राइम लाइफले आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट यस वर्ष १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बोनसपछि प्राइम लाइफको चुक्तापँजी रू. ३ अर्ब १४ करोड ९ लाख ६५ हजार पुगेको छ । युनियन लाइफले पनि यस वर्ष ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । उक्त बोनसपछि युनियन लाइफको चुक्तापूँजी रू. २ अर्ब ३४ करोड २८ लाख ५५ हजार पुगेको छ । गुराँस लाइफले भने हालसम्म यस वर्षको लाभांश प्रस्ताव गरेको छैन । हाल गुराँस लाइफको चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजार रहेको छ । यी तीन कम्पनी एक भएपछि चुक्तापूँजीको हिसाबमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बन्नेछ । मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका हालका अध्यक्ष सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा युनियन लाइफ इन्स्योरेन्सका हालका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकणर् हुने अन्तिम सम्झौता भएको छ । गुराँस लाइफका प्रमुखकार्यकारी अधिकृत विपिन कणर् र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल भने वरिष्ठ नायब प्रमुख कार्यकारी रहने सहमति कम्पनीहरूबीच भएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

गुराँस लाइफ इन्स्योरेन्सले बोलायो १३.२७ % लाभांश पारित गर्न साधारण सभा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ६ गते १३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको प्रधान कार्यालय तिनकुने, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाइएको छ । सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरूसँगै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजारको आधारमा १३ दशमलव २७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । उक्त बोनस शेयरमा लाग्ने करबापतको रकम भने शेयरधनी स्वयंले व्यहोर्नुपर्ने पनि कम्पनीले जानकारी दिएको छ । गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेका छन् ।  एकीकृत कारोबार गर्न बाँकी रहेको अवस्थामा गुराँस लाइफले साधारण सभा आह्वान गरेको हो । मर्जरपछि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने विषयलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जरका लागि सहमति भएको समान हैसियतको शेयर स्वाप रेसियोलाई पनि सभाले स्वीकृति दिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २३ गते एक दिन बुक क्लोज गर्दै छ । यसको आधारमा चैत २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

युनियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज अर्थात आइतवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते बुक क्लोज गरेसँगै आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले माघ २६ गते साधारण सभा आयोजना गरेको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । साथै सभाले यस युनियन लाइफ इन्स्योरेन्स,प्राइम लाइफ इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पनि पारित गर्नेछ ।

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा आज, १५.७८% लाभांश पारित हुँदै

मंसिर १९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज (आइतवार) हुने भएको छ । कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा अपरान्ह २ बजे गर्ने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यसैगरी सभाले हाल कायम संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७०:३० मा रहेको सो अनुपातलाई परिवर्तन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०: ४०) कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्राइम लाइफ इन्स्योरेन्सले आइतवार बोलायो साधारण सभा

मंसिर १७, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले आगामी आइतवार  साधारण सभा बोलाएको छ ।  कम्पनीले सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा अपरान्ह २ बजे गर्ने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले २०७६/ ०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७ /०७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सभाले हाल कायम संस्थापक र सर्वसाधारणको शेयर अनुपात ७० : ३० मा रहेको सो अनुपातलाई परिवर्तन गरी संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६० : ४०) कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरिसकेको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर ९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार (मंसिर १० गते) बुक क्लोज गर्ने भएसँगै आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । प्राइम लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, बैंक अफ काठमाण्डूले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कम्पनीले जानकारी गराएको हो ।

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

मंसिर ८, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (मंसिर ९ गते) रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार (मंसिर १०) गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ ।