माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले लमजुङको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारको विकल्प नरहेको बताएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन लक्षित अभियानको क्रममा सुन्दरबजार नगरपालिका-२ सुन्दर बस्तीमा आयोजित गठबन्धन दलको कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।उनले जनताको विकास र समृद्धि र देश, जिल्लाको विकास र समृद्धि गठबन्धनका उम्मेदवारले मात्र गर्न सक्ने भएकाले मतदान गर्न अनुरोध गरे । गठबन्धन दलका उम्मे