जनप्रतिनिधि बनेर काम गर्न नसक्नेको विकल्प खोज्नुपर्छ : नेता पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनप्रतिनिधि बनेर काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बताएका छन् । काँग्रेस तारकेश्वर नगर कार्यसमितिले मंगलबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पाँच वर्षसम्म जनप्रतिनिधि बनेर विकास र जनताको काम गर्न नसक्नेहरुका लागि विकल्प खोज्नुपर्ने बेला आएको बताएका हुन् ।“झन्डै दुई तिहाइ मत पाएको नेकपा सरकारले विकास निर्माणका काम गर्नुपर्नेमा दुई/दुईपटक संसद् विघटन ग¥यो, जनमत पाएर पनि काम गर्न नसक्नेलाई जनताले फेरि कसरी विश्वास गर