न्यायालयमा अराजकता छाउँदा दलहरुमा अनौठो मौनता, प्रधानन्यायाधीश राणा र नेपाल बार आमनेसामने
यति ठूलो न्यायिक संकटको हल खोज्ने विषयमा कार्यकारी निकाय सरकार र सत्ता सञ्चालनमा पटक पटक भाग लिने मुख्य दल र त्यसको नेतृत्व अनौठो मौनता साँधेर बसेको छ ।
नेपाल बार एशोसिएसनले आफ्नो आन्दोलनलाई जारी राखेको छ । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध नाराजुलुस भने नगर्ने बारले निर्णय गरेको छ ।
नेपाल बार एशोसिएसनका महासचिव लिलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश राणा पदच्युत नभएसम्म बारले आन्दोलन जारी नै राख्ने तर नारा जुलुस नभने नगर्ने निर्णय भएको हो ।
'यसअघि उनी सर्वोच्च अदालत आइनै रहेका थिए, त्यसकारण पनि उनको राजीनामा, पदच्युतलगायतको माग गर्दै हामीले सर्वोच्च परिसरमा उनी विरुद्ध नाराबाजी गर्दै आएका थियौं,' पौडेलले लोकान्तरसँग भने, 'तर ...
काठमाडौँ – न्यायापालिकामा नेतृत्व नभएको भन्दै नेपाल बार एसोसियसनले सर्वोच्च अदालतमा बहस पैरवी नगर्ने अडान लिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चमा भएसम्म आन्दोलन गर्ने बताइरहेको नेपाल बार एसोसियसन बिहीबारबाट सर्वोच्च अदालतमा न्यायिक नेतृत्व (कायममुकायम प्रधानन्यायाधीश) नतोकिएको भन्दै बहस पैरवी नगर्ने निर्णयमा पुगेको हो। बार र न्यायाधीशहरूको आन्दोलनका कारण प्रधानन्यायाधीश जबरा गोला प्रणालीबाट मुद्दा हेर्न राजी […]
काठमाडौं, कार्तिक २८ । सर्वाेच्च अदालतको दुबै ढोकामा धर्ना बसेका वकिलहरुको अवरोध छलेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको छ ।शुक्रबार सर्वोच्च छिर्ने मुख्य गेट छेकेर धर्ना बसेका वकिलहरुलाई छल्दै प्रधानन्यायाधी जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । आज प्रधानन्यायाधीशलाई अदालत […]
काठमाडौँ – कानुन व्यवसायीहरुको अवरोधबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत प्रवेश गरेका छन्। नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका छन्। उनीहरुले गएको शुक्रबारदेखि अदालत प्रवेशमा प्रधानन्यायाधीशलाई अवरोध गर्दै आएका छन्। गएको शुक्रबार जस्तै आइतबार पनि प्रधानन्यायाधीश अतिरिक्त गेटबाट सर्वोच्च प्रवेश गरेका छन्। वकिलहरुले नाराबाजी गरिरहेका छन्। प्रहरीको अवरोधका बाबजुद आन्दोलनरत […]
काठमाडौँ – नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा ‘देशद्रोही’ रहेको आरोप लगाएका छन्। राणाको राजीनामा माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि आन्दोलित वकिलहरुलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश राणालाई देशद्रोहीको संज्ञा दिएका हुन्। उनले सम्बोधनको प्रहरीतर्फ फर्किएर भने, ‘हामीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला तपाईँहरुले हस्तक्षेप गर्नुभयो। देशद्रोही भाग्दैछ, देशद्रोही भाग्दैछ, […]
काठमाडौँ – विवादास्पद बनेको न्यायपालिका सुधारका सम्बन्धमा नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटवार्ता गर्ने भएको छ। एसोसियसनले आइतबार प्रधान्यायाधीश राणालाई भेटेर न्यायपालिकामा देखिएको विसंगति सुधार गरी न्यायपालिकाको समग्र सुधारका सम्बन्धमा छलफल गरिने अध्यक्ष चन्डेश्वर श्रेष्ठले जानकारी दिएका छन्। बार अध्यक्ष वरिष्ठ अधिवक्ता श्रेष्ठले भने, ‘हामीले प्रधानन्यायाधीशज्यूसँग समय लिइसकेका छौँ। बिहान साढे १० बजेपछि छलफल […]
काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर […]
The post बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्ने, यस्ता छन् मागहरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.