नेकपा (माओवादी केन्द्र)ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रियताका …