काठमाडौं, १९ माघ । कोहलपुर-सुर्खेत-दैलेख १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आइतबार लाइनको उद्घाटन गरेका हुन् ।
आयोजना सञ्चालनपछि शाक्यले कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण …
म्याग्दी– रोजगारीको क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका– ६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ । भुवनसँगै सर्बियादेखि इटाली जाने क्रममा खोलामा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका बेनी नगरपालिका– ९ काउलेगौँडाका बिष्णे सार्कीको अवस्था भने अझै अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको आप्रवासी स्रोत केन्द्रको समन्वयमा वैदेशिक रोजगार […]
काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले अनुसन्धानकारी निकायहरुबाट प्राप्त रोक्का तथा नियन्त्रण सम्बन्धी र अदालतहरूबाट प्राप्त फैसलाका आधारमा जफत भएका सम्पत्ति तथा साधनको एकीकृत विवरणको प्रणाली यथासिघ्र तयार गर्न निर्देशन दिएका छन्। कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा रोक्का वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधनको व्यवस्थापन गर्नेरगराउने जिम्मेवारी प्राप्त गरेको कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको अनुगमन गरी विभागको कार्यप्रगतिबारे […]
दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित नयाँ फाइलहरू सार्वजनिक भएपछि बेलायतको लेबर पार्टीका नेता पिटर मन्डेलसनले पार्टीबाट राजीनामा दिएका छन्।
अमेरिकाको आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइस) ले मेन राज्यमा सुरु गरेको कारबाहीको पहिलो दिनमै १०० भन्दा बढी मानिसहरू पक्राउ परेका छन्। अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार पक्राउ परेकाहरूमध्ये केही खतरनाक अपराधीहरू समेत रहेका छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सहायक मन्त्री ट्रिसिया म्याकलफलिनले कारबाहीको पहिलो दिन पक्राउ परेकाहरूमा आपराधिक पृष्ठभूमि भएका कागजातविहीन […]